बिहीबार, बैशाख २०, २०८१

वीरेन्द्रनगरको मेयरमा काँग्रेस र उपमेयरमा एमालेको अग्रता

  
कर्णाली टाइम्स आइतवार, जेष्ठ १, २०७९

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेपाली काँग्रेसले मेयरमा अग्रता कायमै राखेको छ। पछिल्लो मतपरिणामअनुसार नेपाली काँग्रेसका उपेन्द्र खड्काले मेयरमा आफ्नो अग्रता कायम राखेका छन्। उनले १ हजार ३९१ मत पाएका छन्।

एमालेबाट मेयरका उम्मेदवार मोहनमाया भण्डारीले १ हजार २९८ र राप्रपाका मुकुन्दश्याम गिरीले ५३९ मत पाएका छन्।
उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार निलकण्ठ खनालले १ हजार ५७४ मतका साथ अग्रता लिएका छन्। माओवादीका उम्मेदवार शान्ति ढकालले १ हजार २१० मत पाएकी छन्। राप्रपाले १२६ मत उपमेयरमा पाएको छ।
वीरेन्द्रनगरमा काँग्रेस–माओवादी बीचको गठबन्धन गरिएको छ।