शुक्रबार, बैशाख २१, २०८१

सल्यानमा विजय जुलुस मनाउन गएका दुई जनाको करेन्ट लागेर मृत्यु

  
कर्णाली टाइम्स सोमवार, जेष्ठ २, २०७९


सुर्खेत। सल्यानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। कुमाख गाउँपालिकामा निर्वाचित पदाधिकारीको विजय जुलुस मनाउन गएका दुई जनाको मृत्यु भएको हो।
कुमाख–२ मा गुडिरहेको गाडीमा सवार यात्रुलाई बिजुलीको तारले छुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।
मृत्यु हुनेमा कुमाख गाउँपालिका–१ का २६ वर्षीय लोकेन्द्र राना र २२ वर्षीय गोपाल बुढामगर रहेका छन्।
गाडीको छतमा पार्टीको झन्डा समातेर बसिरहेका यात्रुलाई बिजुलीको तारले छुँदा करेन्ट लागेको थियो।
करेन्ट लागे र घाईते थप यात्रुको चौरजहारीमा रहेको मिसन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।