आइतवार, बैशाख २३, २०८१

सुर्खेतका नवनिर्वाचित पालिका प्रमुख/अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ

  
कर्णाली टाइम्स आइतवार, जेष्ठ ८, २०७९


सुर्खेत। सुर्खेतका नौवटै पालिकाका नवनिर्वाचित प्रमुख/अध्यक्षहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्र आचार्यले उनीहरुलाई शपथ ग्रहण गराएका हुन्।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, लेकवेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेल, भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल, चिंगाड गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसी, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्द, बराहताल गाउँपालिकाका अध्यक्ष भीम भण्डारी, पञ्चपुरी नगरपालिकाका प्रमुख लालबिर भण्डारी र चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले जिल्ला समन्वय समितिको सहभाहलमा उपस्थित भएर शपथ लिएका हुन्।
आज सपथ लिएका प्रमुख/अध्यक्षहरुले आफ्नो पालिकाका उपप्रमुख/उपाधयक्ष, वडा अध्यक्ष तथा सदस्यहरुलाई शपथ ग्रहण गराउने छन्।