शुक्रबार, जेष्ठ ४, २०८१

स्थानीय तहको बजेट आज आउँदै

  
कर्णाली टाइम्स शुक्रबार, असार १०, २०७९


सुर्खेत। देशभरका स्थानीय सरकारले आज बजेट ल्याउँदैछन्। स्थानीय सरकारले असार १० गतेभित्र आगामी आर्थिक बर्ष २०७९÷०८० को बजेट ल्याउनुपर्ने प्रावधान छ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ (३) मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आर्थिक बर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ।
यसअघि नै स्थानीय तहले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन्।