बिहीबार, जेष्ठ ३, २०८१

कर्णाली प्रदेश सभाको पहिलो बैठक आज बस्दै

  
कर्णाली टाइम्स सोमवार, पुस १८, २०७९


सुर्खेत। कर्णाली प्रदेश सभाको पहिलो वैठक आज बस्दै छ। सोमबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्न लागेको हो।
कर्णाली प्रदेश सभा सचिवालयका अनुसार आजको वैठकमा चारवटा कार्यसूची तय गरिएको छ।
प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर सुनाउने, सहिदहरुको स्मरण गर्ने, दलका तर्फबाट नेता वा सांसदले दलीय धारणा राख्ने, सभामुख चयनका लागि निर्वाचन तोक्ने कार्यसूची रहेको छ।
प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ।
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो वैठकको अध्यक्षता ज्येष्ठ सदस्य विनोदकुमार शाहले गर्ने छन्। दैलेख २ (२) बाट निर्वाचित ६६ बर्षीय शाह कर्णाली प्रदेश सभाका ४० सदस्यमध्ये ज्येष्ठ सदस्य हुन्। सभामुख चयन नभएसम्म वैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ।
कर्णाली प्रदेश सभामा नेपाली काँग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) का एक/एक जना सांसद छन्। एक जना स्वतन्त्र सांसद छन्।