मंगलबार, असार १७, २०८२

राष्ट्रपति चयन गर्दा प्रधानमन्त्रीलाई आएको विश्वासको मतलाई आत्मसात गर्नुपर्छः श्रेष्ठ

  
कर्णाली टाइम्स बिहीबार, फागुन ४, २०७९


सुर्खेत। नेकपा माओवादी केन्द्रका उपाध्याक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीलाई आएको विश्वासको मतलाई आत्मसात गर्दै राष्ट्रपति चयन गर्नुपर्ने बताएका छन्। सुदूरपश्चिम जानेक्रममा सुर्खेत आएका श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति चयन गर्ने परिस्थितिमा माओवादीलाई प्रतिपक्षीसहितका दलहरुले गरेको विश्वासको मतलाई कदर गर्नुपर्ने बताए।
‘प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा संसदमा रहेका प्रमुख प्रतिपक्षी लगायतका दलहरुले हामीलाई जुन विश्वास गर्नुभयो, त्यो ऐतिहासिक छ,’ उनले भने, ‘राष्ट्रपति चयनमा पनि त्यो परिस्थितिलाई आत्मसात् गर्नुपर्छ भन्ने हाम्रो पार्टीको धारणा हो।’
उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका श्रेष्ठले रेशम चौधरीको मुद्दा राजनीतिक रुपमै सम्बोधन गर्ने माओवादीको प्रस्ताव भएपनि विविध कारणले सफल नभएको बताए। उक्त मुद्दा राजनीतिक भएकाले राजनीतिक जस्तो भएकलो यसबाटै सम्बोधन गर्नुपर्ने भनिएपनि कानुनी प्रक्रियालाई पनि सँगै मिलाएर लैजाने कुरामा समस्या भएको बताए।
श्रेष्ठले तत्काल सत्ता समीकरण परिवर्तन नहुने बताए। सत्तामा भएका अरु दलहरुको आचरण राम्रो रहिराखे माओवादीका कारण समीकरण बदलिने परिस्थित नआउने उनको भनाई छ।
उनले सरकार निर्माणपछि आफूहरु नीति तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएर काम गरिरहेको बताए।