शुक्रबार, जेष्ठ ४, २०८१

कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले

  
कर्णाली टाइम्स आइतवार, चैत्र २६, २०७९


सुर्खेत। कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। आईतबार सरकारमा रहेका तीन जना एमालेका मन्त्रीहरुले मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाएका हुन्।
आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा दिएका हुन्।
‘देशका राजनीतिक परिस्थिति बदलिएको परिप्रेक्ष्यमा मुख्यमन्त्रीज्यूको सहजताका लागि नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीले राजनीनामा दिएका छौं।’ संयुक्त राजीनामा पत्रमा भनिएको छ।
यसअघि चैत १७ मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिँदा एमालेले पनि दिएको थियो।