बुधबार, बैशाख १९, २०८१

नेकपा एमालेद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

  
कर्णाली टाइम्स सोमवार, चैत्र २७, २०७९

सुर्खेत। नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सोमबारदेखि लागु हुनेगरी एमाले संसदीय दलले समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाएको हो।

एमालेबाट प्रदेश सरकारमा रहेका एमालेका तीन जना मन्त्रीहरुले आईतबार राजीनामा दिएका थिए। शर्मा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा दिएका थिए।

नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ। यसअघि फागुन १८ गते राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले चैत १७ गते दोस्रोपटक विश्वासको मत लिएका थिए।

दोस्रो पटक विश्वासको मत लिँदा उनलाई नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी) र स्वत्न्त्र सांसदले मत दिएका थिए।

४० सदस्यीय कर्णाली प्रदेश सभामा राप्रपाका एक जना सांसद छन्। एमालेका १० जना सांसद छन्। यस्तै नेकपा माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १४, समाजवादीका १ र स्वतन्त्र एक जना सांसद छन्।