मंगलबार, बैशाख १८, २०८१

उद्योग वाण्ज्यि महासंघको कोषाध्यक्षमा केसी

  
कर्णाली टाइम्स मंगलबार, बैशाख ५, २०८०


सुर्खेत। नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा नीरक केसी विजयी भएका छन्।सोमबार महासंघको कोषाध्यक्ष पदका लागि प्रबलजंग पाण्डे र केसीबीच भएको प्रतिस्पर्धामा भएको थियो।
कोषाध्यक्ष पदका लागि कुल खसेको केसीले ३८ मत प्राप्त गरेका छन्। पाण्डेले भने २९ मत पाए।
यस्तै १ भोट बदर भएको प्रमुख निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए। ५ जना सदस्य भने अनुपस्थित थिए। महासंघको कार्यकारिणी समिति चयनपछि कोषाध्यक्षका लागि सदस्यहरुबाट एक जना चुनिने व्यवस्था छ।
चैत २९ मा भएको महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको विधानबमोजिम चन्द्र ढकाल अध्यक्ष भएका छन्।