मंगलबार, बैशाख १८, २०८१

कर्णाली प्रदेशको निजामती सेवा विधेयक पारित

  
कर्णाली टाइम्स सोमवार, असोज २२, २०८०


सुर्खेत। कर्णाली प्रदेशको निजामति सेवा विधेयक पारित भएको छ। सोमबार बसेको प्रदेश सभा बैठकबाट कर्णाली प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धि विधेयक, २०७८ बहुमतले पारित भएको हो।
उक्त विधेयक साउन २५ गते कर्णाली प्रदेश सभा सचिवालयमा दर्ता भएको थियो भने ३२ गते सभामा छलफलका लागि टेबल भएको थियो। भदौ १ गतेको वैठकमा भएको विधेयकमाथि सैद्धान्तिक छलफल गरिएको थियो। संशोधन प्रस्तावको समयमा १० जना सदस्यले संशोधन प्रस्ताव दर्ता गराएका थिए।
संशोधन प्रस्तावहरुलाई पनि सोमबारको वैठकले विधेयकका अंगका रुपमा स्वीकृत गरेको छ।
सैद्धान्तिक छलफल पछि थप छलफलका लागि उक्त विधेयक प्रदेश मामिला समितिमा पठाईएको थियो।