बुधबार, मंसिर १३, २०८०

मुगुमा तीन छाेराछोरी र आमा मृत फेला

  
कर्णाली टाइम्स शुक्रबार, कार्तिक १०, २०८०


सुर्खेत। मुगुमा एकै परिवारका चार जनाको शव फेला परेको छ। जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुमा आमा र छोराछोरीको शव फेला परेको हो।
मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार २८ बर्षकी श्रीदेवि बोहोरा, उनका ११ बर्षको छोरा मनोज बोहोरा, अर्का १ बर्षका छोरा रहर बोहोरा र ७ बर्षकी छोरी अप्सरा बोहोरा मृत फेला परेका हुन्।
उनीहरुको शव शुक्रबार फेला परेको प्रमुख जिल्ला अधिकारी थापाले बताए। ‘आजै शव भेटिएको जानकारी आएको छ, घटना कहिलेको भन्ने अनुसन्धान हुन बाँकी छ।’ उनले भने।
मुगुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले उनीहरुको शव आफ्नै घरमा फेला परेको बताए। थप अनुसन्धान सुरु गरिएको डिएसपी थापाले बताए।
चारै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।
उनीहरु सबै दशैंको दिन सोही वडामा रहेको मााईती गाउँ कोटिल्ला गएका थिए। उनीहरु भोलिपल्टै मुन्दु फर्किएका थिए। ९ गते बिहान स्थानीयले घरबाहिरबाट ताला लगाएका देखेका थिए। ताल्चा फोडेर हेर्दा मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्।