बिहीबार, बैशाख २०, २०८१

चोरी गरेको मोटरसाईकलसहित दुई जना पक्राउ

  
कर्णाली टाइम्स मंगलबार, फागुन २९, २०८०

सुर्खेत। चोरी गरेको मोटरसाईकलसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर–३ तातापानीबाट दुई जनालाई पक्राउ गरेको हो।
दैलेखको नौमुले गाउँपालिका–८ का नचिन चन्द र सप्तरीको कञ्चनपुर नगरपालिका–४ का देवा सरदारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिए।
वीरेन्द्रनगर–३ का सूर्यबहादुर बस्नेतको घरमा पार्किङ गरिराखेको मोटरसाईकल फागुन २७ गते चोरी भएको थियो। उक्त मोटरसाईकल खोजी गर्नेक्रममा चन्द र सरदारले चलाएको अवस्थामा नियन्त्रणमा लिईएको उनले जानकारी दिए।