बिहीबार, बैशाख २०, २०८१

जातीय छुवाछूत मुद्दामा फरार दुई जना पक्राउ

  
कर्णाली टाइम्स बिहीबार, फागुन २४, २०८०


सुर्खेत। जातीय छुवाछूतको मुद्दामा फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन्। बिहिबार प्रहरीले उनीहरुलाई सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको हो।
वीरेन्द्रनगर–४ का वीरेन्द्र कठायत र चन्द्रा कठायतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनीहरुलाई सुर्खेत जिल्ला अदालतले कैद र जरिवाना फैसला सुनाएको थियो।
जातीय छुवाछुत मुद्दामा वीरेन्द्रलाई दुई महिना र चन्द्रालाई एक महिना ८ दिन कैद सजाय फैसला गरिएको थियो। उनीहरुलाई जनही २० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
पक्राउ परेका दुवै प्रतिवादीलाई कैद तथा जरिवाना भुक्तानीका लागि सुर्खेत जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण बहादुर शाहीले जानकारी दिए।