मंगलबार, बैशाख १८, २०८१

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा

  
कर्णाली टाइम्स सोमवार, चैत्र १२, २०८०


सुर्खेत। नेकपा एमाले सुर्खेतको नवौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। आइतबार भएको निर्वाचनबाट कुलमणी देवकोटा अध्यक्षमा निर्वाचित भएका छन्। उनीसहित ओली समूहका पाँचैजना पदाधिकारी निर्वाचित भएका छन्।
सुर्खेतको नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरुमा उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्मरप्रसाद तिवारी, उपसचिवमा सुशिला विक र टिकाराम सोमै निर्वाचित भएका छन्।
निवर्तमान अध्यक्ष अमृतबहादुर बिसीलाई पराजित गर्दै देवकोटा अध्यक्षमा निर्वाचित भएका हुन्। जम्मा खसेको ४८६ मतमध्ये देवकोटाले ३५१ मत ल्याएका छन्। पराजित भएका बिसीले १३२ मत ल्याए।
उपाध्यक्षमा बडुवालले ३४६ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी ताराकेशर गौतमले १३० मत ल्याए।
सचिवमा डम्बरप्रसाद तिवारीले २९१ मत ल्याए भने उनका प्रतिद्वन्द्वी डण्डीप्रसाद शर्माले १८९ मत ल्याए।
खुलातर्फको उपसचिवमा सोमैले हरिप्रसाद अधिकारीलाई पराजित गरेका हुन्। सोमैले ३२४ मत ल्याएका छन् भने प्रतिद्वन्द्वी अधिकारीले १४३ मत ल्याएका छन्।
महिला उपसचिवमा सुशिला विश्वकर्माले ३३५ मत पाएर निर्वाचित भएकी हुन्। उनका प्रतिद्वन्द्वी तृप्ती विकले १३३ मत पाएकी न्।
सदस्यहरुको भने मतगणना जारी छ। सोमबार नै मतगणना सकिने निर्वाचन कमिटीले जनाएको छ।