बिहीबार, बैशाख २०, २०८१

कर्णालीका मुख्यमन्त्रीले दिए शर्माले राजीनामा

  
कर्णाली टाइम्स बुधबार, चैत्र २१, २०८०


सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाटै राजनीनामा घोषणा गरेका छन्। केन्द्रको निर्देशनअनुसार बुधबारको वैठकमा उनले राजीनामा दिने घोषणा गरेका हुन्।
उनले सत्ता समीकरण बदलिएपछि काँग्रेसले समर्थन फिर्ता लिँदा मंगलबार विश्वासको मत लिने प्रस्ताव राखेका थिए। दलहरुबीच कुरा नमिलेपछि विश्वासको मत लिने कार्यसूची भएको वैठक स्थगित भएको थियो। उनले विश्वासको मत लिएर राजीनामा दिने भनेका थिए।
बुधबार पनि नेकपा एमालेले पहिल्यै राजीनामा दिएर बाटो खुला गर्नुपर्ने अडान नछाडेपछि उनले संसदबाटै राजीनामा घोषणा गरेका हुन्। गठबन्धन दलहरुको केन्द्रको शिर्ष नेतृत्वबीचको सहमतिअनुसार कर्णालीको नेतृत्व एमालेको भागमा परेको थियो।
‘केन्द्रमा राजनीतिक परिवर्तन हुँदा मेरो नेतृत्वको सरकारमा समर्थन रहेको दलले समर्थन फिर्ता लियो, संवैधानिक पद्धतिअनुसार मैंले विश्वासको मत लिन खोज्दा पनि राजनीतिक घटनाक्रमका कारण विश्वासको मत माग्न मिल्ने अवस्था रहेन, यसले सत्ताको खेललाई उदाङ्गो बनाएको छ।’ शर्माले भने, ‘पछिल्लो राजनीतिक परिवर्तनका कारण म मुख्यमन्त्री पदमा रहिरहन उचित नभएकाले मैंले राजीनामा दिने निर्णयमा पुगेको छ।’