आइतवार, भदौ २३, २०८१

आज विश्वासको मत लिँदै मुख्यमन्त्री कँडेल

  
कर्णाली टाइम्स सोमवार, साउन २१, २०८१


सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्। विश्वासको मत लिन कँडेलले शनिबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए।
सोही अनुरुप मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो ३ बजे बैठक बोलाइएको कर्णाल प्रदेसभा सचिवालयले जनाएको छ।
साउन ७ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्।
४० सदस्यीय प्रदेशसभाबाट विश्वासको मत पाउन २१ सांसदको समर्थन चाहिन्छ।
कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, एमालेका १०, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक÷एक जना र एक जना स्वतन्त्र सांसद छन्।