कर्णाली टाइम्स
बुधबार, भदौ १९, २०८१
सुर्खेत। मुगुमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बुधबार सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी आउँदै गरेको ग १ ज ६४३७ नम्बरको जिप बान्जाँ भन्ने ठाउँमा दुर्घटनामा परेको हो।
दुर्घटनमा परी जिपका साहु सोरु गाउँपालिका–३ का ४५ वर्षीय नरबहादुर गुमीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
प्रहरीका अनुसार उक्त जिप साहु आफैले चलाएका थिए। जिपमा अरू यात्रु थिएनन्।
जिप सडकदेखि करिब डेढ सय मिटर तल खसेको हाे। शवको पोष्टमार्टमका लागि चिकित्सकको टोली घटनास्थलमै गईरहेको प्रहरीले जनाएको छ।