
बलात्कारविरुद्ध किशोरीहरुको सडक अभियान
मेरो पहिलो संघर्ष नै मेरो जन्म हो
आमाको कोखमा मरिनु परेन म
यही नै मेरो राम्रो कर्म हो
सुर्खेत कालुन्चोककी बिना चन्दले यो कविता सुनाउँदा त्यहाँ उपस्थित किशोरी र बालिकाहरुको आँखा रसाए । उनी बिहीबार बढ्दो बलात्कारका घटनाविरुद्ध आयोजित किशोरीहरुद्धारा स्तस्फूर्त रुपमा निकालिएको ¥यालीमा थिइन् । बिनासहित करिब ३० जनाको संख्यामा भेला भएका उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन ग