बिहीबार, बैशाख ६, २०८१

कर्णालीका निजी क्षेत्र पनि सरकारलाई सहयोग गर्न तयार

कर्णाली टाइम्स सोमवार, चैत्र १०, २०७६
वीरेन्द्रनगरको खुलामञ्चमा नेपाली सेनाले निर्माण गरेको
क्वारेन्टाइन

जगतदल जनाला विक
सुर्खेत ।
होटेलमा पनि क्वारेन्टाइन दिन तयार छौं’ : होटेल व्यवसायी संघ
विश्वभर महांमारीकारुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न हाटेलमा पनि क्वारेन्टाइन दिने होटेल व्यवसायी संघले बताएको छ । संघका प्रदेश अध्यक्ष तर्कबहादुर शाहीले भाइरसको संक्रमण बढेर समस्या भएपछि कर्णालीका सुविधा सम्पन्न होटेलहरुलाई क्वारेन्टाइनकारुपमा दिन सकिने बताए । ‘हामीसँग कर्णालीका दश जिल्लामा तीन हजार हाटेलहरु छन् आवश्यक परेपछि त्यहिं क्वारेन्टाइनको व्यवस्थापन गर्न सकिने छ,’ उनले भने, कर्णाली प्रदेश सरकारसँग पनि हामीले यो खालको समन्वय गरेका छौं ।’
अध्यक्ष शाहीका अनुसार सुर्खेतमा मात्र १२ सय होटेलहरु छन् । त्यी मध्ये ५ सय भन्दा बढी होटेलहरु सुबिधा सम्पन्न छन् ।
अहिलेका लागि एक हजार क्वारेन्टाइन भएपनि पछि त्यस्तो संकट परेपछि होटेहरु पनि प्रयोग गर्ने तयारी सरकारले गरेको कर्णाली प्रदेश सरकारी प्रवक्ता एवम् भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् ।

क्वारेन्टाइनका लागि प्याब्सनले ६० विद्यालय उपलब्ध गराउने

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि कर्णालीका ६० वटा विद्यालयलाई क्वारेन्टाइन बनाउन प्रस्ताव गरेको छ । प्याब्सनले सुर्खेतका २७, जाजरकोटका ३, सल्यानका ५, दैलेखका २, कालिकोटका ५, जुम्लाका ६, मुगुका २ र रुकुमपश्चिमका १० विद्यालयका एक सय ७० कक्षा कोठा क्वारेन्टाइनका रुपमा प्रयोग गर्न दिने जनाएको छ । प्याब्सन कर्णाली प्रददेशका अध्यक्ष नैनसिंह खत्रीले भौतिक पुर्वाधार सम्पन्न विद्यालयहरु छनोट गरेर क्वारेन्टाइनका लागि प्रयोग गरिने विद्यालय कक्षा कोठा र सम्पर्क व्यक्तिको नाम र नम्वर प्रदेश सरकारलाई उपलब्ध गराइएको जानकारी दिए ।
‘विश्वभर तिब्र गतिमा फैलिरहेको कोरोना भाइरस रोकथामका लागि कोरोना भाइरसको रोकथामका लागि सरकारलाई आवश्यक परेको खण्डमा उपलब्ध गराउने गरेर प्याब्सन अन्तरर्गतका ६० वटा विद्यालय छनोट गरेका छौं,’ उनले भने, ‘विद्यालयको नाम प्रयोग गर्न सकिने कक्षा कोठा र सम्पर्क व्यक्तिको फोन नम्वरसहित सरकारलाई उपलब्ध गराएका छौं ।’

वीरेन्द्रनगरमा नेपाली सेनाले चार सय क्वारेन्टाइन बनायो
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको खुलामञ्चमा नेपाली सेनाले चारसय क्वारेन्टाइन निर्माण कार्य अगाडी बढाएको छ । नेपाली सेनाको उत्तरपश्चिम पृतना हेडक्वाटर नेवारेले चारसय बेडसहितको क्वारेन्टइन निर्माणको काम आइतबारदेखी सुरु गरेको हो ।
कम्तीमा एक हप्तामा काम सम्पन्न गर्नेगरी क्वारेन्टाइन निर्माणको काम जारी रहेको उत्तरपश्चिम पृतना हेडक्वाटर नेवारेका सेनानी झपेन्द्रबहादुर विसीले जानकारी दिए । उनकाअनुसार क्वारेन्टाइन निर्माणमा दुईसय बढी नेपाली सेना जुटेका छन् । उनले पहिला चार सय वटा क्वारेन्टाइन बनाइसकेपछि आवश्यकता अनुसार अरु पनि बनाइने बताए ।