शनिबार, कार्तिक १०, २०८१

पञ्चपुरीलाई बाबियाचौर खानेपानी र ढुंगाना सिसा पसलको सहयोग

  
कर्णाली टाइम्स मंगलबार, बैशाख १६, २०७७

सुर्खेत । कोरोना भाइरसको महामारीका बेला नागरिकलाई गरिने राहत, उद्धारका लागि पञ्चपुरी नगरपालकाले स्थापना गरेको राहत कोषमा बाबियाचौरमा रहेको तेस्रो साना शहरी खानेपानी आयोजना अन्तरगतको बाबियाचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र ढुंगाना सिसा पसलले सहयोग गरेका छन् ।
खानेपानी आयोजनाको तर्फबाट ४० हजार र ढुंगाना सिसा पसलको तर्फबाट २० हजार रुपैयाँ मंगलबार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष जीवन ढुंगानाले हस्तान्त्रण गरेका हुन् ।
यो अप्ठारो परिस्थितिमा नागरिकले तिरेको रकम नागरिकका लागि नै खर्च गर्ने निर्णय अनुसार नगरपालिकालाई उपलब्ध गराएको  आयोजनाका अध्यक्ष जीवन ढंगानाले बताए । उनले आफ्नो पसलबाट पनि व्यक्तिगतरुपमा सहयोग गरेका छन् ।
तरुणदल क्षेत्र नम्बर–२ का क्षेत्रीय अध्यक्ष तथा समाजसेवी समेत ढुंगानाले आवश्यक परेपछि आयोजनाले थप सहयोग समेत गर्ने अध्यक्ष ढुंगानाको भनाई छ । उनले यो महामारीका बेला उपभोत्ताबाट विद्युतको रकममा जरिवाना समेत छुट गराइएको बताए । पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले यस्तो विपद्का बेला सबै क्षेत्रलाई सहयोग गर्न अनुरोध गरेका छन् ।  यस भन्दा अगाडि खमारी खोला लघु जल विद्युत आयोजनाबाट पनि ३१ हजार सहयोग गरेको अध्यक्ष ढुंगानाले बताए । खानेपानी र विद्युतको महसुल को वबलम्व शुल्क मिनाहा गरिएको अध्यक्ष ढुंगनाको भनाई छ । ढुगानाले समाजका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् ।