शनिबार, कार्तिक १०, २०८१

कोरोनाको जोखिमबाट जोगिन कर्णालीमा अनिश्चितकालिन नाकाबन्दी !

  
कर्णाली टाइम्स सोमवार, बैशाख २९, २०७७

 सुर्खेत । कर्णाली प्रदेशले अनिश्चितकालका लागि नाकाबन्दी गरेको छ । कोरोना भाइरस(कोभिड–१९)को जोखिमबाट जोगाउन गत साता गरिएको सात दिनको नाकाबन्दी(सिल) अनिश्चितकालका लागि लम्ब्याइएको छ ।
वैशाख २२ गते बसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकले सात दिन नाका सिल गर्नेे निर्णय गरेको थियो । उक्त निर्णयानुसार प्रदेश भित्रिने सबै सिमा नाका बन्द गरिएको थियो । अब अर्को निर्णय नहुँदासम्मको लागि नाकाबन्दी जारी रहने प्रदेश विपद व्यवस्थापन केन्द्रका सदस्य सचिव लक्ष्मीकुमारी बस्नेतले जानकारी दिइन् ।
छिमेकको प्रदेश नं. ५ को नेपालगञ्जमा कोरोना संक्रमित भेटिएपछि कर्णालीका सबै सिमा बन्द गरिएको हो । कोरोना संक्रमित नभेटिएको कर्णाली एक्लो प्रदेश हो । अन्य ६ वटै प्रदेशमा संक्रमित फेला परिसकेका छन् ।