बिहीबार, बैशाख ६, २०८१

कर्णालीलाई सम्बोधन हुनेगरी बजेट ल्याउनुपर्ने सांसद विसुन्केको माग (भिडिओसहित)

  
कर्णाली टाइम्स मंगलबार, बैशाख ३०, २०७७

सुर्खेत। प्रतिनिधि सभा सदस्य पार्वति विसुन्केले कर्णालीलाई सम्बोधन हुनेगरी बजेट ल्याउनुपर्ने माग गरेकी छन् ।
कर्णालीलाई जहिले पनि बजेटमा पक्षपात पूर्ण व्यवहार राज्यले देखाउँदै आइरहेको बताउँदै सामाजिक न्यायसहितको बजेट वितरण गर्न माग गरेकी छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा नेपाल सरकारको विनियोजन विधेयक २०७७ का सिद्दान्त र प्राथमिकता माथि आफ्नो भनाई राख्दै उनले यस्तो सुझाव दिएकी हुन । ‘विषय वस्तु सोलो डोलोमा आएको छ । खास पछाडी परेको क्षेत्र समूदायलाई विशिष्टीकरण गरि जानुको विकल्प छैन । यसकालागि सरकारले कर्णालीलाई विशेष ध्यान देओस ।’ उनले भनिन्, ‘कर्णालीमा पनि मानव समाज छ कर्णालीका नागकिरको पसिना पनि राज्यको ढुकुटीमा छ भन्ने कुरा राज्यले नभुलोस ।’
सांसद विशुन्केले कर्णालीको बेरोजगारी, गरिबी, शिक्षाको स्तर उठाउने अपराधको रुपमा रहेको जातिय विभेद उन्मुलन गर्ने नीति ल्याउनु पर्ने उनले माग गरिन । ‘कर्णालीको पानी उपयोग गर्ने, पर्यटन विकास र प्रवृद्धन गर्ने, कृषिमा आधुनिकिकरण गर्ने, जडिवुटी प्रशोधन र प्रवृद्धन गर्नेकाम राज्यको हो ।’ उनले भनिन्, ‘रैथाने सिपको संरक्षण गरि उद्योगमा रुपान्तरण गर्ने र बजारीकरणको राज्यले जिम्मा लिन आवश्यक छ । सडक संजालको विकासमा प्राथमिकता दिनुपर्छ ।’
कर्णालीका महिलालाई शिक्षा र उर्जामा जोडेर लैजान सरकारलाई आग्रह गर्दै सांसद विसुन्केले खनिज पदार्थको उत्खननमा जोड दिईन ।

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

विनियाेजन विधेयक, २०७७ का सिद्धान्त र प्राथमिकता माथिकाे छलफलमा भाग लिदै गर्दा (२०७७।०१।२९ गते) ।

Gepostet von Parbati Bisunke am Montag, 11. Mai 2020