शनिबार, कार्तिक १०, २०८१

वरिष्ठ उपाध्यक्ष खड्काको संयोजकत्वमा विशेष समिति

  
कर्णाली टाइम्स शनिबार, जेष्ठ ३, २०७७

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले लकडाउनको असर र क्षतिको अवस्था मुल्यांकन गर्न विशेष समिति गठन गरेको छ । संघका वरिष्ठ उपाध्यक्षको हर्षविक्रम खड्काको संयोजकत्वमा गठन भएको समितिले उद्योग वाणिज्य क्षेत्रमा परेको प्रभावबारे अध्ययन गरी रायसुझाव दिनेछ ।
समितिले ७ दिनभित्र सुर्खेतको व्यापार तथा उद्योग क्षेत्रमा परेको प्रभाव, क्षतिबारे शुक्ष्म रुपमा अध्ययन गर्नेछ । उद्योगा वाणिज्य संघका साथै राजनीतिक दल, नागरिक समाज र उद्योग वाणिज्य संघका विभिन्न बस्तुगत समितिका संयुक्त भेलाल विशेष समिति गठन गर्न गरेको हो ।
भेला सुर्खेत उद्योग संघका अध्यक्ष धनबहादुर रावतको अध्यक्षतामा भएको हो । भेलामा निवर्तमान अध्यक्ष प्रकाश अधिकारी, कांग्रेसका मोतिप्रसाद कँडेल, नेकपाका मोहन बडुवाललगायत सहभागी थिए ।