शनिबार, कार्तिक १०, २०८१

उद्योग वाणिज्य संघ सुर्खेतले गर्यो नयाँ सिडियोलाई स्वागत(फोटोफिचर)

  
जगतदल जनाला विक आइतवार, जेष्ठ २५, २०७७

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सरुवा भई आएका नयाँ सिडियो हिरालाल रेग्मीलाई स्वागत गरेको छ । शनिबार उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, वरिष्ठ उपाध्यक्ष हर्ष विक्रम खड्का, वाणिज्य उपाध्यक्ष दिपेन्द्र ढकाल, महासचिव लक्ष्मण कँडेल लगायतका पदाधिकारीहरुको सहभागितामा फुलमाला र खादाले स्वागत गरेको महासचिव कँडेलले जानकारी दिए् ।
केहि दिन अगाडी नयाँ सिडियो कार्यालयमा हाजिर हुन नपाउँदै सुर्खेतका व्यापारी–व्यवसायीको साझा संगठन सुर्खेत उद्योग वाणिज्य संघले लकडाउन उलंघन गर्ने कडा निर्णय गरेको गर्यो । त्यसको केहि घण्टा पछिको छलफलबाट संघले उक्त निर्णय फिर्ता लिएको थियो ।
रेग्मी सुर्खेतको लागि सिडियो भएको दुई दिनमै उवासंघले लकडाउन नमान्ने भन्दै प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

यो पनि हेर्नुहोस् ।

सुर्खेत उद्योग वाणिज्य संघले लियो भोली पसल खोल्ने निर्णय फिर्ता