शुक्रबार, बैशाख १४, २०८१

कर्णालीमा थप ७० जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या ९१६ पुग्याे (जिल्लागत संख्या सहित)

  
जगतदल जनाला विक शनिबार, जेष्ठ ३१, २०७७

सुर्खेत। कर्णाली प्रदेशमा थप ७० जनामा कोरोना पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर थपिंदै गएको छ । सुर्खेत जिल्लाका ४० र दैलेख जिल्लाका ३० जना गरी जम्मा नयाँ संक्रमित संख्या ७० रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म जम्मा पुष्टि भएको संख्या ९१६ पुगेको छ ।
नयाँ संक्रमण पुष्टि हुने सुर्खेतका ४० जना मध्ये गुर्भाकोटका १२ जना, भेरीगंगाका १० जना, बराहतालका ९ जना, चौकुनेका ८ जना र वीरेन्द्रनगरका १ जना र दैलेखका ३० जना मध्ये आठबीसका २० जना, नौमुलेका ९ जना र डुङ्गेश्वरका १ जना रहेका छन् । सबै ७० जनाको पुष्टि प्रदेश अस्पताल सुर्खेतरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट भएको हो ।
दैलेख अस्पतालमा ५ जना र दुल्लु अस्पतालमा ४ जना गरी ९ जना निको भई डिस्चार्ज भए संगै जम्मा डिस्चार्ज हुनेको संख्या ९१ पुगेको छ । हालसम्म कोभिड(१९ को संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको संख्या ३ रहेको छ ।

यस्ताे छ जिल्लागत संख्या

हाल सम्मको जम्मा ९१६ मध्ये जिल्लागत संख्या दैलेख ५०२ जना, सुर्खेत १९७ जना, सल्यान १३७ जना, कालिकोट २८ जना, जुम्ला २४ जना, जाजरकोट ८ जना, मुगु २ जना, हुम्ला १ जना, डोल्पा १ जना र अन्य प्रदेशका १६ जना रहेको छ ।