शनिबार, बैशाख १५, २०८१

बुधबार कर्णालीका थप २४ जनामा कोरोना पुष्टि, २३३ जना मात्र सक्रिय बिरामी

हालसम्म कर्णालीमा एक हजार सात सय १४ जना मध्ये १४ सय ७५ जना कोरोना मुक्त भई घर फर्किएका छन् । दुई सय ३३ जना मात्र कोरोनाका सक्रिय बिरामी छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

  
जगतदल जनाला विक बुधबार, असार ३१, २०७७

सुर्खेत । बुधवार कर्णाली प्रदेशका थप २४ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म कर्णालीमा एक हजार सात सय १४ जना मध्ये १४ सय ७५ जना कोरोना मुक्त भई घर फर्किएका छन् । दुई सय ३३ जना मात्र कोरोनाका सक्रिय बिरामी रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।
सुर्खेतका १४ जना, दैलेख र सल्यानका ३, ३ जना,सल्यानका ५ जना, जुम्ला र अछामका १, १ जना गरी २४ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा २१ जनाको र चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला रुकुममा ३ जनालाई परीक्षण गरिएको थियो ।

जिल्लागत संक्रमितको संख्या
अन्य प्रदेशका कर्णालीमा जाँच गरेका ५३ जना रहेका छन् । कर्णालीका मात्र हालसम्मको जम्मा १७१४ जना मध्ये जिल्लागत संख्या दैलेखमा ८०१ जना, सुर्खेतमा ४९६ जना, सल्यानमा २१६ जना, कालिकोटमा ५७ जना, जुम्लामा ४० जना, जाजरकोटमा २१ जना, मुगुमा ५ जना, हुम्लामा २ जना, डोल्पामा ४ जना र रुकुमपश्चिममा १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति ।