शनिबार, कार्तिक १०, २०८१

कर्णालीका १७८३ कोरोना संक्रमित मध्ये १५४६ जना डिस्चार्ज भए

  
जगतदल जनाला विक बुधबार, साउन ७, २०७७

सुर्खेत । बुधबार कर्णालीमा थप २२ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म कर्णालीमा एक हजार सात सय ८३ जनामा कोरोना पुष्टि भएको छ ।

कुल संक्रमित मध्ये एक हजार पाँचसय ४६ जना कोरोना मुक्त भई घर फर्किएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए । कोरोना संक्रमणबाट कर्णालीमा ६ जनाको मृत्यु समेत भइसकेको छ ।
डा. तिवारीका अनुसार अब कर्णाली प्रदेशभरी दुई सय ३१ जना मात्र कोरोना संक्रमणका सक्रिय बिरामी रहेका छन् । उनीहरुको प्रदेशका विभन्न आइसोलेसन तथा अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार कालिकोट रास्कोट नगरपालिकाका ६ जना र दैलेख ठाँटीकाँध गाउँपालिकाका १६ जनामा कोरोना पुष्टि भएको छ । उनीहरुको पस्सीआर परीक्षण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालमा भएको हो ।
मंलबार (हिजो) पनि सल्यान र दैलेखका ११ जनामा कोरोना पुष्टि भएको थियो ।

कहाँ कति संक्रमित ?
कर्णालीका मात्र हालसम्मको जम्मा १७८३ जना मध्ये जिल्लागत संख्या दैलेखमा ८३९ जना, सुर्खेतमा ५०१ जना, सल्यानमा २२६ जना, कालिकोटमा ६४ जना, जुम्लामा ४० जना, जाजरकोटमा २३ जना, मुगुमा ६ जना, हुम्लामा ३ जना, डोल्पामा ४ जना र रुकुमपश्चिममा २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै अन्य प्रदेशका कर्णालीमा जाँच गरेका ५३ जना रहेका छन् ।
यो तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी कोरोना संक्रमितको संख्या दैलेखमा र सबैभन्दा कम हुम्लामा रहेको छ ।

सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति