शनिबार, बैशाख ८, २०८१

सिम्रिक एयरलाई कोरोनाका बिरामी बोक्न अनुमति

  
कर्णाली टाइम्स मंगलबार, असोज २७, २०७७

सुर्खेत । निजी क्षेत्रको हेलि–कम्पनी सिम्रिक एयरलाई कोरोनाका बिरामी बोक्न अनुमति दिइएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले सोमबार कम्पनीलाई यस्तो अनुमति दिएको हो ।

कम्पनीका बजार प्रवन्धक कमल गौतमका अनुसार असोज २१ गते प्राधिकरणमा आवेदन दिएर अनुमति मागिएको थियो । प्राधिकरणले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका मापदण्ड पूरा गरेर सेवा प्रदान गर्न स्वीकृति दिएको उनले बताए । प्राधिकरणले स्वीकृति नदिँदा हेलिकोप्टरमा काठमाडौं वा अन्य ठाउँमा जाने कोरोनाका बिरामी एम्बुलेन्स प्रयोग गर्न बाध्य थिए । कोरोना विशेष अस्पताल रहेका काठमाडौं र अन्य सहरदेखि टाढा रहेका गंभीर खालका कोरोनाका बिरामी लाभान्वित हुने उनले अपेक्षा गरे । सेवा प्रदान गर्नको लागि कम्पनीले सबै तयारी र मापदण्ड पूरा गरिसकेको उनले जानकारी दिए ।