बिहीबार, बैशाख ६, २०८१

कोरोना संक्रमणबाट सुर्खेतमा एक जनाको मृत्यु

  
कर्णाली टाइम्स शनिबार, कार्तिक १, २०७७


सुर्खेत, । सुर्खेतमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरेन्द्रनगर–९ का ४२ बर्षीय एक पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो । उनमा लक्षणसहितको कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले निकालेको विज्ञप्ती अनुसार ति व्यक्तिलाई १० दिनदेखि ज्वरो आईरहेको थियो । उनलाई मेडिकलमा टाइफाईड सम्बन्धी उपचार गरिएको थियो । निको नभएपछि उनलाई प्रदेश अस्पतालमा भर्ना गरिएको थियो ।
शुक्रवार बिहान साढे १० बजे अस्पतालको आकस्मिक कक्षामा भर्ना भएको उनलाई प्रि–आईसोलेशन युनिटमा उपचारका लागि राखिएको थियो । शनिबार बिहान ४ बजेतिर उनको अक्सिजनको मात्रा घटेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
अक्सिजनको मात्रा घटेपछि उनलाई आकस्मिक कक्षमा राखेर मुखबाट पाईप राखेर अक्सिजन उपचार गरिएको थियो । कोरोना परीक्षणका लागि शनिवार बिहान साढे ६ बजेट स्वाब संकलन गरिएका उनको साढे ७ बजे मृत्यु भएको छ ।
साढे ११ बजे रिपोर्ट कोरोना पोजिटिन आएको हो । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाले उनको शव व्यवस्थापन गरेको मन्त्रालयले जनाएको छ । योसहित कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयले जनाएको छ । लक्षणसहितको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ३ जना रहेको छ । यसअघि एक जना लक्षणसहितको कोरोना संक्रमितलाई नेपालगञ्ज रिफ गरिएकोमा उनको त्यहाँ मृत्यु भएको थियो । बिहिबार बेलुका सुर्खेतकै गुर्भाकोटका एक लक्षणसहितको कोरोना संक्रमित एक जना युवकको मृत्यु भएको थियो ।