मंगलबार, बैशाख १८, २०८१

पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढ्यो

  
कर्णाली टाइम्स शनिबार, बैशाख ३१, २०७९


सुर्खेत। सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१० रुपैयाँ मूल्य बढाएको हो।
नयाँ मूल्य आज मध्यरातदेखि लागू हुनेछ। निगमका अनुसार शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल समेतको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको हो।
योसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेल र मट्टितेलको नयाँ खुद्रा विक्री मूल्य १५३ रुपैयाँ कायम गरिएको छ।
निगमका अनुसार एलपी ग्यास तथा हवाई इन्धनको विक्री मूल्य भने हाललाई यथावत राखिएको छ।