शुक्रबार, बैशाख १४, २०८१

र्खेतको पञ्चपुरी-३ मा गोलाप्रथाबाट वडा अध्यक्ष चयन

  
कर्णाली टाइम्स सोमवार, जेष्ठ २, २०७९


सुर्खेत। सुर्खेतको पञ्चपुरी नगरपालिका–३ मा गोलाप्रथाबाट वडाध्यक्ष चयन भएका छन्। नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदवारले समान मत ल्याएपछि गोलाप्रथा गरिएको हो।
एमालेका उम्मेदवार चन्द्रबिर रावत र काँग्रेसबाट उम्मेदवार बलबहादुर रोकायले ६७३/६७३ मत ल्याएका थिए।
यसअघि गोलाप्रथाबाट टुंगो लगाउन खोजिएपनि उम्मेदवारहरुबीच सहमति नभएपछि घोषणा भएको थिएन। सोमबार बेलुका गरिएको गोलाप्रथाबाट काँग्रेसका रोकायाले वडाध्यक्ष पाएका थिए।