बिहीबार, बैशाख १३, २०८१

पेट्रोल, ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ

  
कर्णाली टाइम्स सोमवार, जेष्ठ ९, २०७९


सुर्खेत। सरकारले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य बढाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढाएको हो।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले मूल्य बढाएको हो। यसअघि वैशाख ३१ गते मात्र सरकारले पेट्रोल र डिजेल लिटरमा १० रुपैयाँ बढाएको थियो।
नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १८० रुपैयाँ, डिजेल र मट्टीतेल १६३ रुपैयाँ लिटर पर्नेछ।
नयाँ मूल्यअनुसार एलपी ग्यास १८०० रुपैयाँ पर्नेछ। हवाइ इन्धन (आन्तरिक) को मूल्य लिटरको १६६ रुपैयाँ पुगेको छ।
भारतीय आयल कर्पोरेसन (आइओसीले) पठाएको पछिल्लो मूल्यका आधारमा आयल निगमले मूल्य समायोजन गरेको हो।