शनिबार, कार्तिक १०, २०८१

बाढीले घर भत्किँदा रुकुम पश्चिममा तीन बालिकाको मृत्यु

  
कर्णाली टाइम्स मंगलबार, साउन १, २०८१


सुर्खेत। रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१२ मा बाढीले घर भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ। वडा नम्बर १२ को बगर भन्ने ठाउँमा बाढी आउँदा तीन बालिकाको मृत्यु भएको आठविसकोटका मेयर रवि केसीले जानकारी दिए।
मृत्यु हुनेमा ८ बर्षीया हितमाया पुन, ५ बर्षीया धनिषा पुन, ४ बर्षीया मनिषा सार्की रहेका छन्। यस्तै पहिरोमा परि ४० बर्षीय डिल्ली बुढाथोकी बेपत्ता भएको मेयर केसीले जानकारी दिए। उनका अनुसार घटनामा परि ७ जना घाईते भएका छन्।
घर माथीबाट आएको पहिरोले कति घर भत्किए भन्ने यकिन विवरण नआएको उनले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गईरहेको छ। बर्षाका कारण सडक अवरुद्ध भएकाले घटनास्थल पुग्न ढिलाई भएको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलले जानकारी दिए।