
घरेलुका महिला कर्मचारी १ वर्षदेखि तलबविहीन, आत्मदाह गर्ने चेतावनी (भिडियोसहित)
सुर्खेत । २०७३ भदौ ६ गते वीरेन्द्रनगरकी सुमित्रा चपाईंले घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतमा रिक्त भएको वाणिज्य प्रशासन कोटाको कम्प्युटर अपरेटर करार सेवामा नाम निकालिन् । उनले निरन्तर काम गरिन् । संघीय संरचना अनुसार तत्कालीन घरेलु तथा साना उद्योग विकास समिति प्रदेश सरकार मातहतको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगत उद्योग तथा उपाभोक्ता हित संरक्षण निर्देशनालयमा परिणत भयो । प्र