झण्डै तीन महिनापछि मन्त्रिपरिषदले पायो पूर्णता
सुर्खेत। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्री देउवाले झन्डै तीन महिनापछि आज मन्त्रिपरिषद विस्तार गरेका हुन्। गठबन्धनबाट नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री भएका थिए।
देउवाले यसपालि कसैलाई पनि उपप्रधानमन्त्री बनाएका छैनन्। उनले यसअघि कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री बनाएका थिए भने नेकपा माओवादी केन्द्रबाट दुई जनालाई मन्त








