देउवाले ठाकुर र महतोलाई बोलाएर भने- ‘मेरो नेतृत्वमा बन्ने सरकारलाई सघाउनुस्’
सुर्खेत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई बोलाएर नयाँ सत्तासमीकरणबारे छलफल गरेका छन् । देउवाले ठाकुर र महतोलाई आइतबार बिहान बूढानीलकण्ठस्थित निवासमै बोलाएर छलफल गरेका हुन् ।
जसपानिकट स्रोतका अनुसार देउवाले ठाकुर र महतोलाई केपी शर्मा ओलीको सरकार ढालेर आफ्नो नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् ।






