बिहीबार, पुस १७, २०८२

समाचार

पार्टी मिलाउन ओलीसँग मेरियटमा माधव नेपालले राखेका दुई माग

पार्टी मिलाउन ओलीसँग मेरियटमा माधव नेपालले राखेका दुई माग

   
सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच बुधबार र बिहीबार राजधानीको होटल मेरियटमा लामो कुराकानी भयो। २०७७ चैत २ गतेपछि दुई जनाबीच कुनै कुराकानी भएको थिएन। बुधबार दुई नेताबीच झण्डै २ घण्टा कुराकानी भयो। कुराकानीका क्रममा माधव नेपालले सुरूआतमा आफूहरूले प्रधानमन्त्रीलाई हटाउने कुनै माग नराखेको र पार्टी अध्यक्षबाट हटाउने कुराकानी नगरेको भन्दै आश्वस्त तुल्याउ
कर्णाली प्रदेश अस्पतालमा ५ सय शैय्या आईसोलेशन बेड थपिने

कर्णाली प्रदेश अस्पतालमा ५ सय शैय्या आईसोलेशन बेड थपिने

   
सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा ५ सय शैय्या आईसोलेसन बेड विस्तार गरिने भएको छ । दोस्रो चरणको कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि प्रदेश अस्पतालमा ५ सय शैय्या आइसोलेसन बेड विस्तार गर्ने निर्णय भएको छ । बिहिबार मुख्यमन्त्री तथा प्रदेश विपद् व्यवस्थापन केन्द्रका अध्यक्ष महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कर्णाली प्रदेश अस्पताललाई कोरोना भाइरस (

भतिजाले खाईदिए काकाको कान !

   
सुर्खेत । सल्यानको कालिमाटी गाउँपालिका–१ लुहाममा काका–भतिजाबीच झगडा हुँदा भतिजाले काकाको कान खाईदिएका छन् । आपसी विवाद्पछि काका–भतिजा बीच झगडा हुँदा भतिजाले काकाको कान टोकेर खाईदिएको ईलाका प्रहरी कार्यालय लुहामले जनाएको छ । हिङ्नाउरे भन्ने गाउँका ५६ बर्षीय काका धन बहादुर कुवँर र भतिजा खिम बहादुर कुँवरबीच गएराति ९ बजेतिर झगडा भएको हो । प्रहरीका अनुसार भतिजाले काकाको पूरै कान टोकेर छिनालेका छन् ।
ओली पक्षमा लागे सुर्खेतका सांसद ध्रुव शाही

ओली पक्षमा लागे सुर्खेतका सांसद ध्रुव शाही

   
सुर्खेत । सुर्खेतबाट निर्वाचित सांसद ध्रुव शाही वरिष्ठ नेता माधव नेपाल समूह छोडेर नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको पक्षमा लागेका छन्। सांसद शाहीले आफू पार्टीको मुलधारमा लागेको बताए। 'मैले पार्टी भित्रको अन्तरसंघर्षमा माधव नेपाललाई साथ दिएको हो। अहिलेका गतिविधिले उहाँ फुटको बाटोमा लाग्नुभएको छ।त्यसैले म पार्टीको मुल नेतृत्वमा लागेँ,' उनले भने, 'माधव नेपालले मलाई बोलाएर अर
२५ सहरका शिक्षण संस्था बन्द

२५ सहरका शिक्षण संस्था बन्द

   
सुर्खेत । देशभरका २५ सहरमा वैशाख महिनाभर विद्यालय, कलेजलगायत शिक्षण संस्था बन्द गर्ने सरकारले निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्य मन्त्रालयले सिफारिस गरेका १४ जिल्लाका विभिन्न सहरका विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । वैशाख मसान्तपछि अवस्था हेरेर सरकारले थप निर्णय लिने उनले प्रस्ट्याए
कर्णालीका नवनियुक्त तीनजना मन्त्रीले लिए सपथ

कर्णालीका नवनियुक्त तीनजना मन्त्रीले लिए सपथ

   
सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । शनिबार नियुक्त भएका तीनजना मन्त्रीहरु नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीलाई आइतबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् । शुक्रबार विश्वासको मत लिएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूलाई विश्वासको मत दिलाउन ‘फ्लोर क्रस’ गरेको चारजना
कर्णाली प्रदेशका नयाँ मन्त्रीले आजै सपथ खाँदै

कर्णाली प्रदेशका नयाँ मन्त्रीले आजै सपथ खाँदै

   
सुर्खेत । कर्णाली प्रदेशको मन्त्रीमण्डलमा नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको सपथ लिने भएका छन् । मुख्यमन्त्री तथा मनित्रपरिषदको कार्याल्यका अनुसार आजै प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले सपथग्रहण गराउनेछन् । प्रदेश प्रमुखलाई सपथ ग्रहण गराउनका लागि पत्र पठाउन केही समय लाग्ने र पत्र पुगेपछि आजै प्रमुखले मन्त्रीहरुलाई सपथ खुवाउने सचिवालयले जनाएको छ । सपथ ग्रहणको समय भने निश्चित भईनसके

कर्णाली प्रदेशमा मन्त्रीमण्डल पुनःगठन

   
सुर्खेत । शनिवार कर्णाली प्रदेशको मन्त्रीमण्डल पुनःगठन गरिएको छ । शुक्रबार संसदबाट विश्वासको मत पाएका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आज मन्त्रीमण्डल हेरफेर गरेका हुन् । विस्तारित मन्त्रीमण्डलमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्रीमा अमर बहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाही नियुक्त भएका छन् । यसअघि उद्योग मन्त्री र
माधव नेपाल पक्षले फ्लोर क्रस गरेपछि जोगियो कर्णाली सरकार

माधव नेपाल पक्षले फ्लोर क्रस गरेपछि जोगियो कर्णाली सरकार

   
सुर्खेत । कर्णाली प्रदेशको सरकार जोगिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहुमत जुटाएका हुन्। शुक्रबार प्रदेश सभामा विश्वासको मत लिएका शाहीको पक्षमा २२ मत आएको छ भने विपक्षमा जम्मा १५ मत परेको छ। नेकपा एमालेको माधवकुमार नेपाल पक्षले 'फ्लोर क्रस' गरेर नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेपछि उनको सरकार जोगिएको हो। शाहीलाई नेपाली कांग्रेसले
कर्णालीका मुख्यमन्त्री शाहीलाई कांग्रेसको समर्थन

कर्णालीका मुख्यमन्त्री शाहीलाई कांग्रेसको समर्थन

   
नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री को पक्षमा मत दिने भएको छ। मुख्यमन्त्रीले विश्वासको मत मागिसकेपश्चात बोल्दै संसदीय दलका नेता जीवन शाहीले विश्वासको मतको पक्षमा उभिने बताए। ‘राजनीतिमा फाईदा र बेफाईदाको कुरा हुँदैन, हामी जो कमजोर छ त्यसलाई मत दिन्छौं,’ शाहीले भने, ‘हामीले मत दिँदा पनि मुख्यमन्त्रीको मत पुग्दैन हामीलाई थाह छ।’ राप्रपाले भने कसको पक्षमा उभिने भन्ने निर्णय गर