शुक्रबार, बैशाख २१, २०८१

जहाँ घरायसी वातावरणमा पढ्छन् विद्यार्थी

एसओएस बालग्राममा अनिता जस्ता बुवा आमा दुबै गुमाएका नातेदारको पनि संरक्षण नभएका १ सय १ सय २७ जना , नातेदार भएका २४ जना , कमजोर आर्थिक भएका १ सय १२ र अन्य गरी जम्मा ८ सय जना बालबालिकाहरु अध्ययन गरीरहेका छन् ।

  
कर्णाली टाइम्स शुक्रबार, माघ २४, २०७६

जगतदल जनाला विक
सुर्खेत, २४ माघ ।
लस्करै स–साना घर, मनोरम प्राकृतिक सुन्दरता, सुन्दर शान्त वातारण,यो दृष्य हो एसोएस हर्मन माइनर स्कुल वीरेन्द्रनगर सुर्खेतको । दिउँसोको १ बज्दै थियो कोही विद्यार्थी पढ्दै थिए , कोही चिउरमा खेल्दै थिए । भान्सामा आमा दिउँसोको खाजा तयार पार्दै थिइन् । यहि स्कुलमा दैलेख ठाटिकाँध गाउँपालिकाकी अनिता शाही कक्षा १० मा पढ्दै छिन् । आमा बुवा गुमाएकी अनिता र उनका भाई गाउँलेको सहयोगमा ११ वर्ष अघि एओएसमा ल्याइएको थियो । अनिता ७ वर्षको उमेरमा र उनका भाइ ४ वर्षको उमेरमा यहाँ ल्याइएको थियो । खासमा ५ वर्ष मुनिका बालबालिकालाई एओएसमा ल्याउने गरिएता पनि उनका भाइलाई हेरचाह गर्न सजिलो होस भन्नका लागि उनलाई पनि ल्याइएको थियो । उनी प्रत्येक कक्षामा उत्कृष्ट नम्बर सहित अग्रस्थानमा पर्ने गर्छिन । यति मात्र होइन एसओएस बाल क्लवकी सल्लाहकार समेत छन् । बालक्लव मार्फत अन्य विद्यालयमा पनि बालअधिकार लगायतका नेतृत्व विकास सम्बन्धी तालिम दिने गरेकी छन् । सानै उमेर देखि खेलकुदमा नै रुचि राख्ने अनिता कहिल्यै दोस्रो भइनन् । सायद उनको यहि मेहनत र परिश्रमको फल होला उनी खेलकुद भिजिटरका रुपमा ३ हप्ता अमेरिका गएर फेर्केकी छिन् । नेपालभरीका ५ जना भित्र छनोट हुन पाउँदा निकै खुःसी लागेको बताउँछिन् । ‘मैरो जति पनि सफलता प्राप्त गरेको छु, यसको सबै श्रेय भनेको मेरो स्कुल हो । जसले घरका आमा बुवाको भन्दा जिम्मेवारी निर्वाह गरेको छ , धेरै मायाँ गरेको छ ।’ उनले भनिन्,’ हामी स्कुलमा किताबी अध्ययन मात्रै गर्दैनौं, जीवनउपयोगी सिप, अतिरिक्त क्रियाकलाप, खेलकुदलाई पनि राम्रो संग प्रयोत्मक रुपमा अध्ययन गछौं ।
‘अन्य स्कुलमा पनि पुगेकी छु तर हाम्रो जस्तो व्यवस्थापन, वातावरण कहिं पनि छैन ।’ अनिताले भनिन्,’ पढ्नका लागि स्कुल मात्र राम्रो भएर हुँदैन पढ्ने वतावरण पनि राम्रो चाहिन्छ । उनको भविष्यमा राम्रो डाक्टर बन्ने लक्ष्य छ । त्यही अनुसारको स्कुलमा पनि ज्ञान सिप सिक्न पाएकोमा खसी छन् । एसओएस बालग्राममा अनिता जस्ता बुवा आमा दुबै गुमाएका नातेदारको पनि संरक्षण नभएका १ सय १ सय २७ जना बालबालिकाहरु छन् । यस्तै वुवा आमा नभएका तर नातेदार भएका २४ जना , कमजोर आर्थिक अवस्था भएका १ सय १२, दिवा स्याहार कक्षामा ६० जना लगायत अन्य विद्यालय बाट पढ्न आउनेगरी जम्मा ८ सय जना बालबालिकाहरु अध्ययन गरीरहेका छन् । यी संङ्गै ३ सय ८८ जना बालबालिकालाई एसओएसकै सहयोगमा अन्य विद्यालयमा पढाइएको छ ।
कोहि पनि बालबालिका एक्लै हुर्किनु नपरोस भन्ने मुख्य लक्षका साथ स्थापित एसओएस बालग्राममा बाबुआमा गुमाएका र गुमाउन सक्ने अवस्थामा रही जोखिममा परेका बालबालिकाहरुको लागि समर्पित संस्था हो ।
दुवै बाबुआमा गुमाएका र उनिहरुको हेरचाह गर्ने कोहि पनि नभएका बालबालिकाहरु लाई सुर्खेत स्थित पारिवारिक स्याहार (एसओएस फ्यामीली सेन्टर) अन्तरर्गत १४ वटा पारिवारीक घरमा लामो समयको लागि जिम्मा लिई हुर्काउने गरिएको छ । यी प्रत्येक घरहरुमा एउटा आमा र ९ जना बालबालिकाहरु दाजुभाई, दिदिबहिनीको सम्बन्ध राखी एउटा परिवार को रुपमा बस्दछन । यी बालबालिकाहरु १६ बर्ष पुगे पश्चात नेपालगञ्ज स्थित युवालय मार्फत २१ देखी २३ बर्ष सम्म उनीहरु लाई आत्मनिर्भर बनाई समाज वा परिवारमा फर्कन प्रेरित गरिन्छ ।
आमा बुवा नभएका बालबालिकालाई सकेसम्म परिवारमा मिलन गराइन्छ । बालबालिकाको चाहाना अनुसार बिचैमा पनि आफन्त संग मिलन गराइन्छ । हाल सम्म यहाँबाट पढेर दुई सय जना बालबालिकाहरु डाक्टर, इन्जिनिएर, प्राध्यापक, समाजसेवी, ब्यापारी लगाएत विभिन्न कार्यमा आवद्व भइ सफलता पुर्वक जीवन यापन गरिरहेका छन् ।
बावुआमा दुवै गुमाएका तर उनीहरुलाई हेरचाह गरिदिने नातेदारहरु भएको खण्डमा अहिले आएको नयाँ कार्यक्रम आफन्तद्वारा स्याहार अन्तरगत राखी लालन पालन शिक्षा स्वास्थको व्यवस्था गरिन्छ । यो नयाँ कार्यक्रममा हाल सम्म १४ जना बालबालिकाले सुविधा पाइरहेका छन् ।
छोटो समय स्याहारका लागि पनि बालबालिकालाई राख्न सकिन्छ गत बर्ष १ जनाले यो सेवा पाइसकेका छन् ।
दोस्रो लक्षित वर्ग भनेका बाबुआमा भए पनि गरिबी, शारीरिक असक्षमता, एकल बुवा आमाका कारण ले पारिवारिक स्याहार गुमाउन सक्ने जोखिममा परेका बालबालिकाहरुका लागि सामाजिक केन्द्र छ । दिवा शिशु स्याहार कार्यक्रम मार्फत प्रत्येक बर्ष ६० जना गरिबीको रेखामुनि परेका परिवारका बालबालिकाहरुलाई बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म खुवाउने, खेलाउने, सुताउने र दिनभर हेरचाह गर्ने गरिन्छ । यसै अन्तर्गत रहेको पारिवारिक सुदृढीकरण कार्यक्रम मार्फत विद्यालय जाने उमेरका बालबालिकाहरुलाई शिक्षामा सहयोग गरिने हर्मन माइनर स्कुलका प्रध्यानाध्यापक जगदीश ढकालले बताए । ‘यस बर्ष लगभग पाँच सय बालबालिकाहरुलाई विभिन्न विद्यालय शुल्क, किताब कपि कलम, ड्रेस, दिवा खाजा खर्चको व्यवस्था गरि अध्यापन गराई रहेका छौं ।’ उनले भने,’ यी मध्ये एकसय २० जना हाम्रै हर्मन माइनर विद्यालयमा अध्यन गरिरहेका छन ।
उनीहरुको अभिभावकहरुलाई सधै परनिर्भर नभई आफ्नो छोराछोरीहरुको लालन पालन आफै गर्न सक्षम हुन् भनि उनीहरुको आय स्तर उन्नतिका लागि विभिन्न सिपमुलक तालिम र जीविकोपार्जन कार्यक्रम अन्तरगत प्रति परिवार ६० हजार रुपैयाँ सम्म सहयोग गरेको छ । यो संगसंगैे नयाँ कार्यक्रम इमरजेन्सी रिस्पोन्स पनि छ । जस बाट बर्दियामा २०७४ को बाढीबाट प्रभावित परिवारहरुको लागि १८ वटा घर, चर्पी, २सय जना लाई जीविकोपार्जन कार्यक्रम, शिक्षामा सहयोग, मेघा स्वास्य क्याम्पका साथै जोखिम न्यूनीकरण का लागि बालग्राम भित्र विभिन्न समितीहरु गठन गरि उनीहरुको क्षमता अभिवृद्धि गर्ने कार्येक्रम सामग्री तयारी र व्यवस्थापन पनि गरि सकेका छौ ।’
पारिवारिक स्याहारमा हुर्केका बालबालिकाहरु र सामाजिक सेवा केन्द्र द्वारा सपोर्टमा परेका बालबालिकहरु समाजका सबै वर्ग जात जाति धर्मसंग घुलमिल भइ औपचारिक शिक्षा लिउन, उनीहरुले पाउने शिक्षा गुणस्तरीय शिक्षा होस् भन्ने हर्मन माइनर विद्यालयको उद्देश्य रहेको ढकालले बताए । यस बिद्यालयमा अध्यनरत विद्यार्थी र छोराछोरीहरु समाजमा प्रतिष्ठित स्थान हाँसिल गरि सम्मानपूर्वक समाज र राज्य प्रति आफ्नो कर्तब्य निर्वाह गर्न सक्षम व्यक्ति बनुन भन्ने उद्देश्यले हाम्रा शैक्षिक गतिविधिहरु किताबी ज्ञानमा मात्र सिमित नरहेर, खेलकुद, प्राविधिक, सामाजिक र मानविय व्यवहारहरु सिकाउन केन्द्रित रहने एओएसका भिलेज डाइरेक्टर मुकुन्दकुमार गिरीले जानकारी दिए ।

भावी योजना

एसोएसको खेलमैदानमा खेल्दै विद्यार्थी

एसओएस पारिवारिक स्याहार कार्यक्रम मार्फत प्रत्येक घरमा ९ जना अर्थात् १२६ बालबालिकालाई स्वस्थ तथा प्राकृतिक बातावरणमा हुर्काई, उनीहरु लाई सामाजिक सिप,भाषिक सिप, जीवनउपयोगी सिप, सञ्चार तथा प्रविधिमा लागि पर्ने योजना रहेको प्रध्यानाध्यापक ढकालले बताए ।
‘बिद्यालयको बारेमा भन्नुपर्दा कर्णाली प्रदेशको यो गौरभको बिद्यालय, जहाँ बाट १ हजार भन्दा बढी विद्यार्थीहरु दिक्षित भइसकेका छन् । हाल समाजका बिभिन्न प्रतिष्ठित ओहदामा रही सेवारत छन् ।’ उनले भने,’ हामीले आत्मनिर्भरता लाई नै प्रथामिकतामा राखेका छौं । यसका लागि स्कुलमा कक्षा कोठाहरु थपेर ७ सय विद्यार्थीको क्षमतालाई बढाई १ हजार बनाउने योजना अनुरुप भवन निर्माण को लागि सहयोग जुटाउन लागि वडा कार्यालय, नगरपालिका र प्रदेश सरकारद्वारा सहयोगप्राप्त भैसकेको छ ।
विद्यालयको नयाँ नौ कोठे भबन बनाउन सात लाख ८३ हजार ६ सय ३१ रुपैयाँ बैंकमा छ भने एसओएस बालग्राम नेपालले ४० लाख रुपैया दिने भनि घोषणा गरेको छ । १ करोड २० लाखमा सुबिधा सम्पन्न नयाँ भवन बन्ने भएको छ ।

एसओएसको इतिहाँस
सन् १९४९ मा दोस्रो विश्व युद्व पश्चात आफ्ना बाबु आमा गुमाइ सडकमा यत्र तत्र छरिएका बालबालिकाहरुको अन्धकार भविष्य देखी उनीहरुलाई पारिवारिक साहाराको आवस्यकता महसुस गरि महा–मानव प्रो. डा. हर्मन माइनरले आफु संग भएको ६ सय सीलिंग बाट अस्टिे«लियाको इमस्टमा पहिलो एसओएस बालग्राम खोलि, ति सम्पूर्ण अनाथ बालबालिकाहरुको लागि पारिवारिक स्याहार दिन सुरु गरेका थिए । ‘संसारका सम्पूर्ण बालबालिक हाम्रा बालबालिका हुन’ भन्ने मूल नारा बोकी विभेद रहित वातावरणमा प्राकृतिक पारिवारिक स्याहार दिने उनको यो पवित्र कार्यको उच्च मुल्यांकन गर्दै, संसार भरिका परोपकारी मनका धनिहरुले उक्त अभियान लाई साथ दिदै आज विश्वभरी १ सय ३५ राष्ट्रहरुमा ५ सय ७२ वटा एसओएस बालग्रामहरुले सेवा दिदै आई रहेका छन् ।
‘प्रत्येक बालबालिकालाई घरायसी वातावरणमा मायाँ र सुरक्षा सहित शिक्षा दिनुपर्दछ’ भन्ने मुख्य उदेश्य बोकी सुर्खेतमा सन् १९८६ मा स्थापना भएको हो । नेपालमा पनि १० वटा एसओएस बालग्राम अन्तरर्गत रहेका ४४ वटा परियोजना मार्फत पर्याप्त अभिभावकीय स्याहार नपाएका बालबालिका हरुलाई लालन पालन, शिक्षा, स्वास्थ्य, सामाजिक संस्कार र जीविकोपार्जनको लागि सिप प्रदान गरि समाजमा प्रतिष्ठित एवम् सम्माननीय जीवन बिताउन आफ्ना बिभिन्न कार्यक्रम हरु संचालन गर्दै आएको छ ।