शुक्रबार, जेष्ठ ४, २०८१

एमसीसी खारेज र लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गनुपर्ने माग सहित प्रदर्शन

  
कर्णाली टाइम्स शुक्रबार, माघ २४, २०७६


सुर्खेत, २४ माघ ।
अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता र लिपुलेक, लिम्पियाधुरा सहितको नयाँ नक्सा सार्वजनिक गनुपर्ने माग सहित शुक्रवार वीरेन्द्रनगरमा नौं राजनीतिक दलले प्रदर्शन गरेका छन् ।

प्रर्दशन गर्नेमा नेकपा माओवादी क्रान्तिकारी, नेकपा माले, राष्ट्रिय जनमोर्चा नेपाल, माओवादी केन्द्र, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय जागरण परिषद्, नेकपा मसाल लगायतले एमसीसी परियोजना मार्फत नेपाललाई दिन लागिएको ५५ अर्ब बढीको अनुदान देशको हित विपरित भएको भन्दै विरोध सभा गरेका हुन् ।
नेकपा माओवादी क्रान्तिकारीका कर्णाली प्रदेश इन्चार्ज चक्रपाणी  शर्माले यदी सरकारले एमसीसी परियोजना संसद्बाट पारित गरेको खण्डमा कडाका साथ थप आन्दोलन गर्ने चेतावनी दिए । लिपुलेक र लिम्पियाधुरासहित भारतले जारी गरेको नक्साबाट हटाइ नेपालको नक्सामा तत्काल समेट्नुपर्ने बताए ।