शुक्रबार, बैशाख २१, २०८१

तरुणदल सुर्खेतद्धारा स्वास्थ्य सामग्री वितरण

  
कर्णाली टाइम्स बुधबार, साउन २८, २०७७


बाबियाचौर। नेपाल तरुणदल सुर्खेतद्धारा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
बुधबार सुर्खेत पश्चिमको बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा सर्जिकल मास्क र कोभिड–१९ रोग प्रतिरोधात्मक औषधी वितरण गरिएको हो ।

बराहताल गाउँपालिकामा ५०० वटा मास्क, ३७ हजार जनालाई पुग्ने रोग प्रतिरोधात्मक औषधी, पञ्चपुरी नगरपालिकामा ५०० मास्क र ४० हजार जनालाई पुग्ने रोग प्रतिरोधात्मक औषधी वितरण गरिएको छ ।

पुर्व राज्यमन्त्री तप्त बहादुर विष्टले तरुणदल नेपाली कांग्रेसको तालिम प्राप्त सेना भएकोले पार्टीको अस्तित्वसँगै जनभावना अनुसार विपीको सिद्धान्त अनुरुप काम गर्न सुझाव दिए ।

मानिसहरुको सेवाभाव बुझ्ने भनेकै अप्ठारोमा भएकोले ‘प्रशिक्षित तरुण, अनुशासित तरुण, संगठित तरुणको मुख्य नारा अनुसार काम गरेकोले आगामी दिनमा त्यसको मुल्याङ्कन जनताले गर्ने उनको भनाई छ ।

कर्णाली प्रदेश सभा सांसद यज्ञ बहादुर बिसीले महामारीमा तरुणदल सुर्खेतले गरेको कार्यको प्रशंसा गर्दै यस्तो विपद्को घडीमा आम नागरिकले आ–आफ्नो तहबाट सहयोग गर्न अपिल गरे ।

पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले विश्वले कोरोनासँग लडेका बेला पञ्चपुरीमा पनि कोरोनाको जोखिम भएका बेला वितरण गरिएको स्वास्थ्य सामग्रीले थप सहज हुने बताए । संकटका बेला सबै बोझ स्थानीय तहलाई पारेको गुनासो गर्दै यो विषयमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।

बराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले कोरोना विरुद्ध लड्नका लागि गाउँपालिकाले गरेको प्रयासमा तरुणदलले गरेको सहयोगले सहज भएको बताए ।

विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्नका लागि स्थानीय स्तरमा केहि सहज होस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री वितरण गरेको तरुणदल सुर्खेतका अध्यक्ष हरि विष्टले बताए ।

हस्तान्त्रण कार्यक्रममा नेपाल ट्रेड युनियनका केन्द्रिय सदस्य कलम बहादुर खत्री, सुर्खेत क्षेत्र नम्बर २ प्रदेश (ख) का सभापति कृपाराम थापा, पञ्चपुरी नगर सभापति नरेन्द्र शाही, नगर उपप्रमुख मुक्त देवि रेग्मी पुरीतरुणदल क्षेत्रिय अध्यक्ष जीवन ढुंगाना, जिल्ला कार्यसमिति सदस्य बल बहादुर विष्ट, ले तरुण दलले गरेको यो कार्यप्रति धन्यवाद दिएका थिए ।