आइतवार, पुस १३, २०८२

समाचार

मन्त्रालय फुटाएर कर्णालीमा मन्त्रीपरिषद् विस्तार

मन्त्रालय फुटाएर कर्णालीमा मन्त्रीपरिषद् विस्तार

   
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रालय नै फुटाएर मन्त्रिपरिषद विस्तार गरेका छन् । बुधवार मुख्यमन्त्री शाहीले माओवादी केन्द्रका तीनजना सांसदलाई मन्त्री बनाएका छ्न् । रुकुम पश्चिमका गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्री, सुर्खेतका विन्दमान विष्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरिएको छ । माओवादी केन्द्र संसदीय दलकी प्रमुख सचेतक रहेकी सिता
अक्सिजनको माग बढ्यो, एकै बिरामीलाई दैनिक चाहिन्छ पाँच वटासम्म सिलिन्डर

अक्सिजनको माग बढ्यो, एकै बिरामीलाई दैनिक चाहिन्छ पाँच वटासम्म सिलिन्डर

   
नेपालमा अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रका सचिवालयका संयोजकसमेत रहेका प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव खगराज बरालले अहिले सङ्क्रमितको उपचारका लागि दैनिक १५ हजार सिलिण्डर आवश्यक पर्ने भएपनि सात हजार २०० सिलिण्डर उत्पादन भइरहेको बताए । नौ वटा अक्सिजन प्लान्टले दैनिक उक्त उत्पादन गरेका हुन् । ‘दोस्रो लहर निकै सङ्क्रामक देखिएकोले
सुर्खेतमा खाद्यान्न पसलहरु हप्तामा तीन दिन मात्र खोल्न पाईने

सुर्खेतमा खाद्यान्न पसलहरु हप्तामा तीन दिन मात्र खोल्न पाईने

   
सुर्खेत । सुर्खेतमा जेठ १ गतेदेखि हप्तामा तीन दिन मात्र खाद्यान्नका पसल खोल्न पाईने भएको छ । सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले हप्तामा तीन दिन मात्र खाद्यान्न पसल खोल्न पाईने निर्णय गरेको हो । यसअघि दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र दैनिक उपभोगका सामान किनबेचका लागि खुला गरिएको थियो । दैनिक पसल खोल्दा भिँडभाड भएर संक्रमणको जोखिम धेरै भएको भन्दै समितिले यो निर्णय गरेको हो
म्यासेन्जरमार्फत छलफल गरेर स्थापना भएको ‘अक्सिजन’ जुटाउने अभियान

म्यासेन्जरमार्फत छलफल गरेर स्थापना भएको ‘अक्सिजन’ जुटाउने अभियान

   
सुर्खेत । कोभिड–१९ ले सुर्खेतलाई पनि जोखिममा पारिसकेको थियो । कर्णाली प्रदेश अस्पतालमा बिरामीको चाप बढ्दै थियो । कोभिड अस्पतालका बेडहरु भरिन थाले । अस्पतालमा भर्ना भएका सबै कोभिड संक्रमितहरुलाई अक्सिजन दिईरहनुपथ्र्यो । जोखिमलाई मध्यनजर गर्दै प्रशासनले सुर्खेत जिल्लाभर निषेधाज्ञा जारी गर्यो । त्यहीबेला सुर्खेतका केही युवाहरुले घरमै बसेर कोभिडका बिरामीहरुलाई सहयोग गर्न सकिने अभियानबारे सोचे । को
बहराइनका राजकुमारसहितको टोलीले चढे सगरमाथा

बहराइनका राजकुमारसहितको टोलीले चढे सगरमाथा

   
सुर्खेत । बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ। बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ। सगरमाथाको आधार शिविरमा रहेका विभागका निर्देशक मीरा आचार्यले सामाजिक सञ्जालमा पोष्ट गरेकी छन्, ‘सन् २०२१ मे ११ स्थ
चकमन्न वीरेन्द्रनगरलाई ढकमक्क बनाउने गुलमोहर (तस्वीर)

चकमन्न वीरेन्द्रनगरलाई ढकमक्क बनाउने गुलमोहर (तस्वीर)

   
सुर्खेत । वैशाख १४ गतेदेखि सुर्खेतमा निषेधाज्ञा छ। ठाउँठाउँमा सुरक्षाकर्मी परिचालन गरी निषेधाज्ञा उल्लंघन हुन नदिने प्रयास पनि जारी छ। निकै चहलपल हुने कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर यो बेला सुनसान छ। मानिसको चहलपहल निषेधाज्ञाले रोकेका बेला फूल फूलेर ढकमक्क बनेको छ वीरेन्द्रनगर। विगतका बर्षहरु जस्तै यो बर्ष पनि ढकमक्क ‘गुलमोहर’का रुखमा फूल फूलेका छन् । सुन्दर वीरेन्द्रनगर झन् सुन्दर ब
एसईई र कक्षा १२ को परीक्षा स्थगित

एसईई र कक्षा १२ को परीक्षा स्थगित

   
सुर्खेत । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले सेतोपाटीलाई दिएको जानकारीअनुसार अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि एसईई र कक्षा १२ को परीक्षा स्थगित गरिएको छ। एसईई जेठ १३ गतेदेखि सञ्चालन गर्ने गरी तयारी गरिएको थियो भने कक्षा १२ को परीक्षा जेठ २६ बाट गर्ने तालिका थियो। आज बिहान बसेको बोर्डको बैठकले
एम्बुलेन्सको भाडाबारे माया नर्सिङ होमको अपिल

एम्बुलेन्सको भाडाबारे माया नर्सिङ होमको अपिल

   
सुर्खेत । माया नर्सिङ होम प्रालिले आइतबार एक अपिलमार्फत स्थापना कालदेखि नै सुर्खेतका साथै समग्र कर्णालीका जनतालाई सर्वसुलभ शुल्कमा स्तरीय र विश्वसनीय स्वास्थ्य सेवा दिँदै आएको जनाएको छ । कोभिड–१९ ले पारेको प्रभावमा समेत नर्सिङ होमले नागरिकको ज्यूज्यानलाई महत्व दिएर सेवा प्रदान गरिरहेको उसको भनाइ छ । शनिबारको दिन माया नर्सिङ होमको नाम जोडिएर एम्बुलेन्सले दोब्बर भाडा लिएको घटनामा समेत उसले नाम जोडि
दैलेखमा भएको टिपर दुर्घटना योजनाबद्ध भएको आशंका

दैलेखमा भएको टिपर दुर्घटना योजनाबद्ध भएको आशंका

   
सुर्खेत । वैशाख २१ गते राति कर्णाली नदीमा दुर्घटनामा परेको टिपरमा वेपत्ता भएका चालक र सहचालक फरार भएको आशंका गरिएको छ । दाङको लमहीबाट जुम्ला जाँदै गरेको बा ५ ख २१८३ नम्बरको टिपर दैलख र कालीकोटको सिमानामा पर्ने आठविस नगरपालिका–४ कोटेसल्ला भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको थियो । दुर्घटनापछि टिप्परका चालक र सहचालक वेपत्ता भएको भनिएको थियो । प्रहरीमा गरिएको ईन्ट्री अनुसार टिप्परमा चालक र सहचालक
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरूद्ध फेरि अविश्वास प्रस्ताव

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरूद्ध फेरि अविश्वास प्रस्ताव

   
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दोस्रो पटक अविश्वास प्रस्ताव दर्ता भएको छ। यसअघि वैशाख ६ गते पहिलो पटक अविश्वास प्रस्ताव दर्ता भएको थियो। आइतबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। 'हामीले अविश्वासको प्रस्ताव दर्ता गराएका छौं। हामीसँग ४० भन्दा धेरै सांसद हुनुहुन्छ,' माओवादी केन्द्रका सांसद दिपेन्द