वडाध्यक्ष शाहले सरकारी बजेटबाट बनाए आफ्नै खेतमा पानीपोखरी
सुर्खेत । गुर्भाकोट नगरपालिका–४ का वडाध्यक्ष प्रशन्नकुमार शाहले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको बजेटबाट आफ्नै जग्गामा पानी पोखरी बनाएका छन् । वडाध्यक्ष शाहले नगरपालिकाको वडा नं. ४ मा रहेको आँपखोलीस्थित घरनजिकै खेतमा करिब ७ लाख रुपैयाँमा पोखरी बनाएका हुन् ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले आँपखोलीमा तीनवटा पानीपोखरी बनाएको छ । दुईवटा सार्वजनिक जग्गामा बनेका छन् भने एउटा वडाध्यक्ष आफैले आफ








