कर्णालीमा ग्रुपमा हिड्नेलाई पक्राउ गर्न मन्त्री भण्डारीको निर्देशन
सुर्खेत । कोरोना भाइरस (कोभीड–१९) ले विश्वभर नै प्रभाव पारेपछि कर्णाली प्रदेश सरकारले पनि उक्त भाईरसबाट बच्न उच्च सतर्कता अपनाएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको संयोजकत्वमा रहेको उच्च स्तरिय अनुगमन समितिको बैठकमा सहभागी सुरक्षा निकायका प्रमुखहरुलाई अत्यावश्यक काम बाहेक आफूखुसी समुहमा हिंड्ने नागरिकलाई तत्काल पक्राउ गरेर कारबाही गर्न मन्त्री भण्डारीले निर्देशन दिएका छन् ।









