विद्यालयको जमिन कब्जा प्रकरण, खाली गराउन प्रशासनको पत्र
सुर्खेत, ७ फागुन । १३ वर्षदेखि अतिक्रमणको चपेटामा परेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय च्युरीखेतको १० बिघा जमिन खाली गराउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले पञ्चपुरी नगरपालिका र इलाका प्रहरी कार्यालय बाबियाचौरलाई निर्देशन दिएको छ । आफूले प्रयोग गर्दै आइरहेको पञ्चपुरी नगरपालिका–२ च्युरीखेतस्थित सामुदायिक–ऐलानी जमिन स्थानीयले २०६२ जेठ २२ गते विद्यालयका नाममा हस्तान्तरण गरेका थिए। पछि विद्यालयक









