रोजगारी गुमाएर आएका मजदुर भन्छन्, कोरोनाले रोजगारी खोस्यो, कहिलेसम्म बेरोजगार बस्ने ?
सुर्खेत । चौकुने गाउँपालिका –२ लगामका दीपक विक भारतमा कुक मेनको काम गर्थे ।
विश्वभर महामारीकारुपमा फैलिएको कोरोनाका कारण उनी स्वदेशमा फर्किए । भारतको सिमासम्म राम्ररी आएपनि आफ्नो भूमिमा आउन उनले धेरै संघर्ष गर्नु पर्याे । तीन दिनसम्म रुपडिया नाकामा अलपत्र परेका उनी जनतन आफ्नो गाउँको क्वारेन्टिनमा पुगे ।
२० दिनको क्वारेनटाइन बसाईपछि घरपुगेका उनलाई देखेर सबै घरपरिवार खुसी भए । ‘यस्तो महामारीमा प