पत्रकार डेकेन्द्र थापाको १७ औं स्मृतिसभा
सुर्खेत । २०६१ साउन २७ गते तत्कालीन विद्रोही पक्षबाट हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको १७ औं स्मृतिसभा मंगलबार वीरेन्द्रनगरमा आयोजना भएको छ । प्रस्तावित ‘सहिद डेकेन्द्र थापा स्मृति प्रतिष्ठान’ ले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमका वक्ताहरुले राज्यले पत्रकार थापाका परिवारलाई अझैसम्म न्यायको अनुभूति दिन नसकेको बताए । उनकी श्रीमती लक्ष्मी थापाले न्यायको लडाइँ जारी रहेको बताइन








