शुक्रबार, असार २०, २०८२

समाचार

कोरोना कोषमा २ करोड ४३ लाख, उद्योग परिसंघको हातेमालो

कोरोना कोषमा २ करोड ४३ लाख, उद्योग परिसंघको हातेमालो

   
सुर्खेत । कोरोना प्रकोपको कहरमा विभिन्न संघसंस्था र व्यक्तिले राहत सहयोग गरिरहेका छन् । कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद कोषमा हालसम्म करिब २ करोड ४३ लाख रुपैयाँ जम्मा भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको वेवसाइटमा उल्लेखित विवरणअनुसार विभिन्न ६३ वटा संघसंस्था र व्यक्तिले आर्थिक तथा जिन्सी सहयोग गरेका छन् । कोषमा २ करोड ३५ लाख रुपैयाँ नगद र करिब ८ लाख रुपैयाँको खाद्यान्न तथा ज
कर्णालीमा २८ जना संक्रमित थपिए, १६४४ कोरोना मुक्त

कर्णालीमा २८ जना संक्रमित थपिए, १६४४ कोरोना मुक्त

   
सुर्खेत।  आइबार कर्णाली प्रदेशका थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ४ जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा २४ जनामा संक्रमण पुष्टी भएको हो । परीक्षणका क्रममा सुर्खेतका ३ जना, दैलेखका २५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यो संगै कर्णालीमा संक्रमितको संख्या

सफाइका क्रममा पेस्तोल पड्किदा सशत्र हवल्दार घाइते

   
सुर्खेत। रुकुम पश्चिम मुसिकोट नगरपालिका–१ मठस्थित सशस्त्र प्रहरीको ४७ नम्बर गुल्ममा कार्यरत हवल्दार पेस्तोलको नियमित सफाईका क्रममा पड्कँदा घाइते भएका छन् । बाँकेको कोहलपुर नगरपालिका घर भएका ३७ वर्षीय हवल्दार यामबहादुर खड्का घाइते भएका हुन् । आइतबार दिउँसो हातहतियार सफाईका क्रममा पेस्तोल पड्किएपछि खड्काको घुँडाभन्दा माथिको भागमा गोली लागेर घाइते भएका छन् । घाइते खड्कालाई थप उपचारका लागि नेपालगञ्ज
कर्णाली खेलकुद परिषदको सदस्य सचिव बन्न दौडधुप सुरु, कसको संभावना कति ?

कर्णाली खेलकुद परिषदको सदस्य सचिव बन्न दौडधुप सुरु, कसको संभावना कति ?

   
सुर्खेत । अहिले ‘कर्णाली प्रदेश खेलकुद परिषद’ को सदस्य सचिवको लागि प्रतिस्पर्धीको चर्चा सुरु भएको छ । करिब ६ महिनाअघि नै सदस्य सचिव छनोटको प्रक्रिया सुरु भए पनि कोरोना कहरको कारण प्रक्रिया अवरुद्ध भएको थियो । सामाजिक विकास मन्त्रालयले मन्त्रालयका तत्कालीन निमित्त सचिव विष्णुप्रसाद अधिकारीको संयोजकत्वमा विश्वप्रशिद्ध धावक हरिबहादुर रोकाया र भलिबल खेलाडी एवं सुर्खेत जिल्ला खेलकुद विकास समितिका अध
शनिबार कर्णालीका थप २७ जनामा कोरोना पुष्टि, २०६ जना उपचाररत

शनिबार कर्णालीका थप २७ जनामा कोरोना पुष्टि, २०६ जना उपचाररत

   
सुर्खेत। शनिबार मात्रै कर्णाली प्रदेशका थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णालीमा हालसम्म कोरोना संक्रमित हुनेहरुको संख्या १८५१ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार शनिबार सुर्खेतको चौकुने गाउँपालिकाका ३ जना, गुर्भाकोटका २ जना, वीरेन्द्रनगरका ५ जना, चिंगाडका १ जनामा कोरोना देखिएको हो । दैलेखको आठबी
यातायात व्यवसायी भन्छन् ‘यात्रु हुँदैनन्, खाली गाडी चलाएका छौं’

यातायात व्यवसायी भन्छन् ‘यात्रु हुँदैनन्, खाली गाडी चलाएका छौं’

   
सुर्खेत । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्नका लागि सरकारले चैत ११ गतेबाट बन्दाबन्दी (लकडाउन) जारी गर्यो । समय–समयमा लकडाउन थपिदै गएपछि विभिन्न व्यवसायी जस्तै यातायात व्यवसायी पनि मारमा परे । झण्डै चार महिनापछि साउन ८ गतेबाट सुर्खेत स्थित सात वटा यातायात संस्थाले आफ्नो सेवा सुरु गरे । तर कोरोना भाइरसको महामारीको त्रासका कारण लामो तथा छोटो दुरीका यातायातमा
वीरेन्द्रनगरको जंगलमा एक महिला मृत फेला

वीरेन्द्रनगरको जंगलमा एक महिला मृत फेला

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ को जंगलमा एक महिलाको शव भेटिएको छ । शुक्रबार बिहान मृत अवस्थामा महिलाको शव भेटिएको हो । दैलेख नारायण नगरपालिका–१ घर भई वीरेन्द्रनगर नगरपालिकास्थित इत्राममा डेरा गरि बस्ने २९ वर्षीया कल्पना केसीको शव भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए । मृतक केसी ५ महिनादेखि वीरेन्द्रनगरमा डेरागरि बस्न
शुक्रवार कर्णालीमा थपिए ११ जना कोरोना संक्रमित

शुक्रवार कर्णालीमा थपिए ११ जना कोरोना संक्रमित

   
सुर्खेत। शुक्रवार कर्णाली प्रदेशमा ११ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र दैलेख अस्पतालमा गरिएको पिसीआर परीक्षणमध्ये ११ जनामा कोरोना संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ । कालिकोटका २ जना, जाजरकोटका १ जना र दैलेखका ८ जनामा कोरोना पुष्टी भएको महाशाखाले जनाएको छ । दैलेखको आठविसकोट नगरपालिका–३ का ४ जना पुरुष, वडा नम्बर ४ र ५ का १ जना महिला, वडा नम्
एकैदिन कर्णालीका थप ३० जनामा कोरोना पुष्टि

एकैदिन कर्णालीका थप ३० जनामा कोरोना पुष्टि

   
सुर्खेत । बिहीबार कर्णालीमा थप ३० जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका २४ जना तथा सुर्खेतका ५ र सल्यानका एक जनामा कोरोना पुष्टि भएको हो। दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेखका विभिन्न स्थानीय तहका २४ जनामा कोरोना पुष्टि भएको छ। यस्तै प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत र सल्यानका ६ जनामा कोरोना पुष्टि भएको
जाजरकोटमा कतै खाना र कतैै उपचार नपाएर मृत्यु

जाजरकोटमा कतै खाना र कतैै उपचार नपाएर मृत्यु

   
जाजरकोट । जाजरकोट १ हप्तामा उपचार नपाएर २ सुत्केरीको मृत्यु भएको छ । १ जनाको खानाका अभावमा तथा १ जनाको लडेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका-४ सार्कीटोलमा गत असार २५ गते आएको पहिराले घर बगाउँदा विस्थापित दलवीर सार्कीको खाना नपाएर मृत्यु भएको वडा सचिव डम्बर पुनले बताए । यहाँ खानाको अभावमा जटिल अवस्थासमेत आएको छ । बारेकोट गाउँपालिका-७ सुवाकोटकी २१ वर्षीया मनकुमारी परियारको सुत्केरी भएको पाँच घ