शनिबार, भदौ २८, २०८२

समाचार

शनिबार कर्णालीका थप २७ जनामा कोरोना पुष्टि, २०६ जना उपचाररत

शनिबार कर्णालीका थप २७ जनामा कोरोना पुष्टि, २०६ जना उपचाररत

   
सुर्खेत। शनिबार मात्रै कर्णाली प्रदेशका थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णालीमा हालसम्म कोरोना संक्रमित हुनेहरुको संख्या १८५१ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार शनिबार सुर्खेतको चौकुने गाउँपालिकाका ३ जना, गुर्भाकोटका २ जना, वीरेन्द्रनगरका ५ जना, चिंगाडका १ जनामा कोरोना देखिएको हो । दैलेखको आठबी
यातायात व्यवसायी भन्छन् ‘यात्रु हुँदैनन्, खाली गाडी चलाएका छौं’

यातायात व्यवसायी भन्छन् ‘यात्रु हुँदैनन्, खाली गाडी चलाएका छौं’

   
सुर्खेत । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्नका लागि सरकारले चैत ११ गतेबाट बन्दाबन्दी (लकडाउन) जारी गर्यो । समय–समयमा लकडाउन थपिदै गएपछि विभिन्न व्यवसायी जस्तै यातायात व्यवसायी पनि मारमा परे । झण्डै चार महिनापछि साउन ८ गतेबाट सुर्खेत स्थित सात वटा यातायात संस्थाले आफ्नो सेवा सुरु गरे । तर कोरोना भाइरसको महामारीको त्रासका कारण लामो तथा छोटो दुरीका यातायातमा
वीरेन्द्रनगरको जंगलमा एक महिला मृत फेला

वीरेन्द्रनगरको जंगलमा एक महिला मृत फेला

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ को जंगलमा एक महिलाको शव भेटिएको छ । शुक्रबार बिहान मृत अवस्थामा महिलाको शव भेटिएको हो । दैलेख नारायण नगरपालिका–१ घर भई वीरेन्द्रनगर नगरपालिकास्थित इत्राममा डेरा गरि बस्ने २९ वर्षीया कल्पना केसीको शव भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए । मृतक केसी ५ महिनादेखि वीरेन्द्रनगरमा डेरागरि बस्न
शुक्रवार कर्णालीमा थपिए ११ जना कोरोना संक्रमित

शुक्रवार कर्णालीमा थपिए ११ जना कोरोना संक्रमित

   
सुर्खेत। शुक्रवार कर्णाली प्रदेशमा ११ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र दैलेख अस्पतालमा गरिएको पिसीआर परीक्षणमध्ये ११ जनामा कोरोना संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ । कालिकोटका २ जना, जाजरकोटका १ जना र दैलेखका ८ जनामा कोरोना पुष्टी भएको महाशाखाले जनाएको छ । दैलेखको आठविसकोट नगरपालिका–३ का ४ जना पुरुष, वडा नम्बर ४ र ५ का १ जना महिला, वडा नम्
एकैदिन कर्णालीका थप ३० जनामा कोरोना पुष्टि

एकैदिन कर्णालीका थप ३० जनामा कोरोना पुष्टि

   
सुर्खेत । बिहीबार कर्णालीमा थप ३० जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका २४ जना तथा सुर्खेतका ५ र सल्यानका एक जनामा कोरोना पुष्टि भएको हो। दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेखका विभिन्न स्थानीय तहका २४ जनामा कोरोना पुष्टि भएको छ। यस्तै प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत र सल्यानका ६ जनामा कोरोना पुष्टि भएको
जाजरकोटमा कतै खाना र कतैै उपचार नपाएर मृत्यु

जाजरकोटमा कतै खाना र कतैै उपचार नपाएर मृत्यु

   
जाजरकोट । जाजरकोट १ हप्तामा उपचार नपाएर २ सुत्केरीको मृत्यु भएको छ । १ जनाको खानाका अभावमा तथा १ जनाको लडेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका-४ सार्कीटोलमा गत असार २५ गते आएको पहिराले घर बगाउँदा विस्थापित दलवीर सार्कीको खाना नपाएर मृत्यु भएको वडा सचिव डम्बर पुनले बताए । यहाँ खानाको अभावमा जटिल अवस्थासमेत आएको छ । बारेकोट गाउँपालिका-७ सुवाकोटकी २१ वर्षीया मनकुमारी परियारको सुत्केरी भएको पाँच घ
कर्णालीका १७८३ कोरोना संक्रमित मध्ये १५४६ जना डिस्चार्ज भए

कर्णालीका १७८३ कोरोना संक्रमित मध्ये १५४६ जना डिस्चार्ज भए

   
सुर्खेत । बुधबार कर्णालीमा थप २२ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म कर्णालीमा एक हजार सात सय ८३ जनामा कोरोना पुष्टि भएको छ । कुल संक्रमित मध्ये एक हजार पाँचसय ४६ जना कोरोना मुक्त भई घर फर्किएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए । कोरोना संक्रमणबाट कर्णालीमा ६ जनाको मृत्यु समेत भइसकेको छ । डा. तिवारीका अनुसार अब कर्णा
सुर्खेतमा वृक्षारोपण गरेर वीपी कोइरालाको स्मृति दिवस मनाइयो

सुर्खेतमा वृक्षारोपण गरेर वीपी कोइरालाको स्मृति दिवस मनाइयो

   
सुर्खेत । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको स्मृति दिवस आज मनाइँदैछ । साहित्यकारको रुपमा समेत परिचित कोइराला प्रजातान्त्रिक समाजवादका प्रवर्तक हुन् । साथै कांग्रेसका संस्थापक नेता कोइरालाको स्मृतिमा सुर्खेत वीरेन्द्रनगरस्थित सुगारीका फार्ममा वृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका पूर्व कोषाध्यक्ष गोविन्द
४५ वर्षदेखि जुत्ता सिलाउँदै आएका मनबहादुर भन्छन्– ‘सडक छोडेर कहाँ जाऊँ ?’

४५ वर्षदेखि जुत्ता सिलाउँदै आएका मनबहादुर भन्छन्– ‘सडक छोडेर कहाँ जाऊँ ?’

   
सुर्खेत । २०१७ सालमा जन्मिएका मनबहादुर सार्कीले १५ वर्षकै उमेरमा जुत्ता–चप्पल सिलाउने काम थाले । ४५ वर्षसम्म उनले हजारौं मान्छेका थरिथरि जुत्ता–चप्पल तुने । पालिस लगाएर जुत्ता पनि टल्काए । उनको जीवनमा भने जुत्ता बिलासी बस्तु सरह भएको छ । एक जोर जुत्ता लगाउन उनी दसैं–तिहार कुर्छन् । बहिनीलाई टीका लगाउन दैलेख जाँदामात्र उनको खुट्टामा जुत्ता पस्छ । दैलेखको चामुण्डामा जन्मेका मनबहादुर २०३९ सालमा बु
सोमबार कर्णालीका थप ११ जनामा कोरोना पुष्टि, १५१९ जना डिस्चार्ज

सोमबार कर्णालीका थप ११ जनामा कोरोना पुष्टि, १५१९ जना डिस्चार्ज

   
सुर्खेत । सोमबार कर्णालीका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कर्णालीमा एक हजार सात सय ४९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये एक हजार पाँचसय १९ जना कोरोना मुक्त भई घर फर्किएका छन् । दुई सय २४ जना मात्र कोरोनाका सक्रिय बिरामी रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए । (more…)