
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त
सुर्खेत। कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्।
संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलबार कँडेललाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
मंगलबार बेलुका कँडेलले आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख तिलक परियार समक्ष दाबी पेश गरेका थिए।
कँडेलको समर्थकमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय