विषालु च्याउ खाँदा डोल्पामा ४ जना सिकिस्त, हेलिकोप्टरबाट नेपालगन्ज लगियो
सुर्खेत । बर्खाको बेला च्याउ प्रिय तरकारी मानिन्छ । तर जंगलमा पाइने कतिपय च्याउ विषालु भइदिँदा मान्छेको ज्यानै लिने गरेको छ । अघिल्लो महिना जाजरकोटमा ५ जनाको ज्यान लिएको विषालु च्याउले डोल्पामा फेरि ४ जनालाई सिकिस्त बनाएको छ । उनीहरुलाई हेलिकोप्टरबाट नेपालगन्ज लगिएको छ ।
डोल्पाको ठूलीभेरी नगरपालिकामा विषालु च्याउ खाएर ४ जना बिरामी भएका हुन् । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार स्थानीय म







